भिदाल बार्सिलोनामा

काठमाडौं । चिलीका मिडफिल्डर अर्टुरो भिदाल स्पेनिस क्लब बार्सिलोनामा आबद्ध हुनुभएको छ । चिलीका स्टार खेलाडी भिदाल र बार्सिलोनाबीच ३ वर्षको सम्झौता भएको हो। जर्मन च्याम्पियन वायर्न म्युनिखबाट बार्सिलोनामा आबद्ध नहु उनलाई २७ मिलियन पाउन्ड दिइएको छ ।

३१ वर्षीय भिदाल केहि दिनमा मेडिकल गर्न बार्सिलोना पुग्नेछन्। सन् २०१५ मा इटालीयन क्लब युभेन्ट्सबाट उनी वायर्नमा आवद्ध भएका थिए। उनी आवद्ध भएपछिका तीन सिजनै वायर्नले उपाधि जितेको थियो।

वायर्नले पनि भिदालले क्लब छाडेको पुष्टि गरेको छ। भिदलाले नयाँ चुनौती आएको भन्दै सम्झौता गरेकोमा बार्सिलोनालाई धन्यवाद समेत दिएको छ ।