सुस्ताका विद्यार्थी भारत जान बाध्य

नवलपरासी । आफ्नै देशमा विद्यालय नहुँदा विद्यार्थी बात्यातापूर्वक भारत अध्ययन गर्न बाध्य भएका छन् । पश्चिम नवलपरासीको सुस्ता गाउँका बालबालिका कक्षा ६ पछिको माथिल्लो कक्षा अध्ययनका लागि भारतीय विद्यालयमा जान बाध्य हुन् ।

सुस्ता गाउँपालिका–५ सुस्तामा रहेको एकमात्र विद्यालय जनता दलित प्राथमिक विद्यालयमा कक्षा ६ सम्म मात्र पठनपाठन हुँदै आएपछि माथिल्लो कक्षा अध्ययनका लागि विद्यार्थी भारतका विभिन्न विद्यालयमा जान बाध्य भएका हुन् ।
सुस्तामा कक्षा ६ पछि अध्ययनको व्यवस्था नहँदा विद्यार्थी अध्ययनका लागि भारतीय विहार राज्यको भैसालोटन बजारका विद्यालयमा अध्ययन गर्न जान बाध्य भएको जनता दलित प्राविका प्रधानाध्यापक उदयबहादुर रुचालले जानकारी दिनुभयो । उनका अनुसार करिव ७० प्रतिशत विद्यार्थीहरू भारतका विद्यालयमा जान बाध्य भएका छन् ।
सुस्ताको विद्यालयमा पर्याप्त शिक्षक, आवश्यक भौतिक संरचनालगायतको अभावमा विद्यालयमा कक्षा ६ पछिको माथिल्ला कक्षा सञ्चालन गर्न नसकिएको सुस्ता गाउँपालिकाका शिक्षा स्रोत व्यक्ति टंकनाथ ढकालले जानकारी दिनुभयो ।