स्वदेश फर्किए नेपाली क्रिकेट टोली

काठमाडौंऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज नेदरल्यान्ड्सविरुद्ध खेलेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएका छन् । नेपाली टिमलाई समर्थकहरुले त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका छन् ।

त्रिभुवन विमानस्थलमा पत्रकारका साथ नेपाली क्रिकेटका कप्तान पारस खड्काले नेदरल्यान्ड्ससँको एक दिवसीय क्रिकेट सिरिसमा नेपालको प्रदर्शन एकदम राम्रो रहेको जनाए । उनले भने ‘पहिलो खेल ब्याटिङमा देखिएको कमजोरीले गुमाए पनि नेपालले तुलनात्मक रुपमा राम्रो खेल खेलेको छ । नेपाली क्रिकेटको आगामी यात्रा एसिया कप भएकाले त्यसमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीसामु एसिया कपको ठूलो अवसर छ।’

एसिसी एसिया कप छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ सम्म मलेसियामा हुनेछ । छनोट प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ । ६ टिममध्ये छनोट पार गर्ने एक टिम भदौ ३० देखि युएईमा हुने एसिया कपमा छनोट हुनेछ । नेपाल र युइई एकदिवसीय मान्यता प्राप्त राष्ट्र हुन्। त्यसैले नेपाल र युएईबीचको खेल एकदिवसीय हुनेछ  ।