लिस्नु कपको उपाधि नवयुवालाई

बुटवल । रुपन्देहीमा जारी नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल १८ औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

लिस्नुकपको १७ औं संस्करणमा नवयुवा उपविजेतामा चित्त बुझाउनु परेको थियो भने १८ ओं संस्करणमा भने जीत आफ्नो नाममा पारेको छ । पशुपति माविको मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा साविक विजेता डिवाईसी सियारी–१ लाई २–१ गोलको अन्तरले हराउँदै नवयुवाले उपाधि चुमेको हो । नवयुवाको जितका लागि तिर्थ बस्नेतले गोल गरेका थिए तिर्थले विदेशी खेलाडी स्टेफनको प्रहार रिबाउन्स भएर फर्कंदा जाली चुमाएका थिए ।
यस्तै अर्को गोल भने रन्जित आलेले एक्लै बल अघि बढाएर टिमका लागि दोस्रो गोल दिलाएर आफ्नो जीत निश्चित पारेका थिए । भने
डिवाईसीका तर्फबाट राज पौडेलले डिएरियाबाट गोल फर्काएका थिए । लिस्नु युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको जितसँगै नवयुवाले तीन लाख रुपैयाँ र उपविजेता डिवाईसीले एक लाख ५० हजारका साथै सेमिफाइनलमा पुगेका दुई टिमले २५–२५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।