आइसिसी विश्वकप लिग–२ पपुवा न्युगिनीलाई हराउँदै नेपालको जीत

काठमाडाैं, १५ फागुन । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई पराजित गरेको छ ।पपुवा न्युगिनीलाई चार विकेटले हराउँदै लगातार नेपालले पाँचौं जित निकालेको हो ।यसअघि घरेलु मौदानमा नेपालले स्कटल्यान्ड र नामिबियालाई चारै खेलमा हराएको थियो ।

नेपालले आफ्नो ओडिआई इतिहासमा पहिलो पटक लगातार पाँच खेल जितेको छ । । जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै जीत हासिल गरेकाे हाे ।नेपालले अव बिहीबार युएईसँग खेल्नेछ ।