नेपाल आत्मघाती गोलले पराजित

काठमाडौँ । एशियाली खेलकूदको तयारी गरिरहेको नेपाली यू–२३ फुटबल टोली थाइल्यान्डमा जारी मैत्रीपूर्ण खेलमा १ गोलले पराजित भएको छ ।
मंगलबार साँझ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा पुलिस टेरो एफसी क्लबसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो । नेपालका आदित्य चौधरीले खेलको ३९औँ मिनेटमा आत्मघाती गोल गर्दा नेपालले हार व्यहोर्नु परेको हो । चौधरीले बल क्लियर गर्न खोज्दा गोल भएको थियो ।
नेपाली फुटबल टोली एशियाली खेलकूदको तयारीका लागि थाइल्यान्ड गएको छ । नेपाली यू–२३ टोलीले अब शुक्रबार थाइल्यान्डको यू–२३ टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्ने छ ।