आईसीसी विश्वकप छनोट : कुशल भुर्तेलपछि आसिफ शेख पनि आउट

काठमाडौं, ३ असार । जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोटमा नेपाल र जिम्बाबेबीच खेल भइरहेको छ । म्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ थालेको नेपालले २ विकेट गुमाइसकेको छ । नेपालका उत्कृष्ट साझेदारी गरेका कुशल भुर्तेलपछि आसिफ शेख पनि आउट भएका हुन् ।

९५ बलमा १३ चौका र २ छक्काका मद्दतमा ९९ रन जोडेर कशुल आउट भए । यसपछि आउट भएका आसिफले १०० बलमा ७ चौकाको मद्दतमा ६६ रन जोडेका छन् ।

यो समाचार तयार पर्दासम्म नेपालले ३४.५ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा १८४ रन जोडेको छ ।