भकाभक समातिन थाले ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरू

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता केही नेताहरु पक्राउ गरेको छ । नेकपाका नेतामा खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितका केन्द्रीय नेताहरुलाई पक्राउ गरेको हो ।
बिष्फोट तथा चन्दा असुली मुद्दामा प्रकाण्ड फरार रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी पूर्व मन्त्री समेत हुन् । प्रकाण्डसहित मनबहादुर श्रेष्ठ र हरिचन्द्र आचार्य ‘विमर्श’ लाई पक्राउ गरिएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए । उनीहरुविरुद्ध चन्दा असुली लगायतका मुद्दा चल्ने उनले बताए ।
सो पार्टीका नेता विप्लवलाई पनि प्रहरीले वारेन्ट जारी गरेको छ। विप्लव फरार रहेका छन् ।
सो पार्टीका पोलिब्यूरो सदस्यहरु मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राईसहितका नेताहरुलाई पनि पक्राउ गरी प्रहरीले मुद्दा अघि बढाइ सकेको छ ।