बच्चा स्वास्थ्य चौकीमा जन्माउनेलाई भत्ता

मोरङ । स्वास्थ्य चौकिल अब बच्चा जन्माउनेलार्इ भत्ता वितरण गर्ने भएको छ। कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु ६ हजार ८०० भत्ता दिने निर्णय गरेको हो ।
कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु ५ हजार र स्वास्थचौकीले रु १ हजार ८०० उपलब्ध गराउने भएको हो । आर्थिक वर्ष ०७५/७६ को बजेटमा परेको उक्त रकम साउन महिनादेखि दिने निर्णय गरिएको गाउँपालिकाकाले जनाएको छ ।
यो सुविधा जुनसुकै स्थानबाट आएका नेपाली नागरिकलाई दिइने छ । प्रसूतिगृहमा प्रसूति गराउन ल्याएर स्वास्थ्य चौकीले अर्को अस्पतालमा सिफारिस गर्नुपरेमा त्यस्ता सुत्केरीलाई एम्बुलेन्सबापत रु २ हजार भाडा समेत दिइने स्वास्थ्य चौकी सञ्चालन समितिका अध्यक्ष तथा वडा नं ४ का वडाध्यक्ष धनबहादुर राईले जानकारी दिनुभयो ।