भिषण आगलागीमा २० लाखको क्षति

दमक । दमक–५ मा रहेको मुगा होटलमा सोमबार बिहान ५ः३० बजेतिर अचानक पार्टी हलमा आगलागी हुँदा करीब २० लाख भन्दा बढी मूल्यको क्षति भएको होटल सञ्चालकले जानकारी दिनुभयो । उक्त आगलागी विद्युत् सर्ट भई भएको हो । आगलागीबाट हलमा भएका एसी, कुर्सी, टेबल, जिप्सनलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको उहाँले बताउनुभयो । आगलागी प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको थियो ।