गाउँपालिकाले स्वास्थ्य उपचार खर्च दिने

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीका लागि स्वास्थ्योपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिका उपहार कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकमा कुनै पनि दीर्घरोग लागेमा उनीहरुको अवस्था हेरी ५ हजारदेखि २५ हजार सम्म उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुखले बताउनु भयो ।
साविकका हमरजुङ, आङिदम, फाक्चामारा, पञ्चकञ्या, ओख्रे र सुदाप गाविस मिलेर बनेको यो गाउँपालिकामा सात वटा वडा रहेका छन् । ती गाउँमा रहेका मुटुरोगी, क्यान्सर, मिर्गौलालगायत रोगबाट पीडितलाई वार्षिकरुपमा एक पटक ५ हजार देखि २५ हजार सम्म उपचार खर्च उपलब्ध गराउने नीति लिइएको गाउँपालिकाका प्रवक्ताले जानकारी दिनुभयो ।