नेकपा सचिवालय बैठक शुक्रबार बस्दै

काठमाण्डाै/ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपिशर्मा अाेलिले सचिवालय बैठक शुक्रबार दिउसाे ४ बजे बाेलाउनु भएकाे छ । अध्यक्षद्वयकाे सहमतिपछि नेकपा सचिवालय वैठक राखिएकाे हाे ।

महासचिव विष्णु पौडेलमार्फत् सचिवालय बैठक तय भएको हो। नेकपामा सचिवालय बैठक अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था छ। अध्यक्षद्धयको सहमतिमा बैठक बोलाइएको महासचिव पौडेलले जानकारी दिनुभयो ।

बालुवाटारमा बैठक बस्ने तय भएको र ‘महासचिवको सचिवालयबाट पार्टीको सचिवालय बैठक भोलि बस्ने तयारी भएको  नेकपा स्रोतले जनाएको हो ।

यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारिक रूपमा ध्रुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठक गरी सचिवालय बैठक बोलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको थियो

प्रचण्डसहित पाँच सचिवालय सदस्यले मंगलबार ध्रुम्बाराहीमा छलफल गरी आजसम्म सचिवालय बैठकका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई पर्खने बताएका थिए। प्रचण्डसहित नेता आज पनि सचिवालय सदस्यहरूसँग छलफल गर्ने बताइरहेका बेला प्रधानमन्त्रीले नै सचिवालय बैठक तय गर्नुभएको छ ।