इरानको मिसाइल आक्रमणबाट पाकिस्तानमा दुई बालबालिकाको मृत्यु

बीबीसी । इरानले पाकिस्तानमा गरेको मिसाइल आक्रमणमा परी दुई बालबालिकाको मृत्यु भएको छ भने अरु तीनजना घाइते भएका छन् । मंगलबार इरानले पाकिस्तानमा रहेको आतंकवादी समूह जैश अल–अदलका अड्डाहरूलाई निशाना बनाएर मिसाइल आक्रमण गरेको थियो ।

पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्तिमा जारी गर्दै आक्रमणले सार्वभौमसत्ताको उल्लङ्घन गरेको बताएको छ । उसले यस घटनाले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएको छ । इरानले बलुचिस्तान प्रान्तको पहाडी क्षेत्रमा आक्रमण गरेको थियो ।