सुर्खेत विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणको स्वीकृति

५ मंसिर, २०७७/- सरकारले सुर्खेत विमानस्थललाई बिस्तार गरी क्षमता अभिवृद्धि गर्न  तथा जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषद्काे बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सुर्खेत विमानस्थलको क्षमता बढाउन ३० विगाह जग्गा अधिग्रहण गर्न सहमति दिइएको हो ।

सुर्खेतस्थित विमानस्थलको विकास, बिस्तार र स्तरोन्नती गरी आन्तरिक उडानमा प्रयोग भइरहेका सबै प्रकारका ठूला जहाज लैजाने योजना रहेकाेछ । विमान स्थलका लागी आवश्यक जग्गा अधिग्रहण, रनवे बिस्तार, टर्मिनल भवन भवन निर्माण र अन्य आवश्यक निर्माण काम गर्ने योजना रहेको छ ।

आयाेजना सम्झौता अनुसार विमानस्थलको धावनमार्ग १५ सय मिटरसम्म विस्तार गरिने भएको छ । जग्गा अधिग्रहणमा लाग्ने ५० प्रतिशत रकम प्रदेश सरकारले बेहोर्ने छ । ५० प्रतिशत रकम भने केन्द्र सरकारले बेहोर्ने गरी सम्झौता भएको छ ।