कर्णालि प्रदेश सम्वाददाता/- कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा सुरक्षित विद्यालय निर्माणका लागी योजना तुर्जमा कार्यक्रम सम्पन्न भएको छ ।
योजना तर्जुमा कार्यक्रम प्लान ईन्टर नेश्नल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपालको सहजिकरण र रास्कोट नगरपालिकाको समवन्यमा संचालन गरीएको रास्कोट नगरपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत प्रभुलाल न्यौपाने ले जानकारी दिनुभयो ।
न्यौपानेका अनुसार सुरक्षित विद्यालय निर्माण योजना रास्कोट नगरपालिकाका दश वटा माध्यामिक र आधारभुत विद्यालयको निर्माण गरीएको र विद्यालय स्तरमा भत्कीएका साना तिना भौतिक संरचनाहरु तथा सरसफाई व्यावस्थापनको लागी काम कार्य गर्न योजना निर्माण गरीएको वताउनु भएकोछ ।
सुरक्षित विद्यालय योजना निर्माण रास्कोट नगरपालिका स्थित मावि र आधारभुत विद्यालयका हकमा सारै प्रभावकारी रहेको हुदाँ वडिमालिका माध्यामिक विद्यालय रास्कोटका प्रधानाध्यापक पुष्पराज वरालले आगामि दिनहरुमा यस्ता खालका कार्यक्रम निरन्तररुपमा संचालन गर्न किर्डाक नेपाल र प्लान ईन्टर नेश्नल नेपाललाई अनुरोध गदै हार्दिक वधाई समेत व्याक्त गर्नुभएको थियो ।
योजनाहरुको कार्यन्वयनका लागी प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा तथा किर्डाक नेपालको सहजिकरणमा सुरक्षित विद्यालय निर्माण योजना कार्यान्वयन हुने परीयोजनाका, परीयोजना फिल्ड संयोजक विर तिरुवा ले जानकारी दिनु भएको छ ।