१५ सैयाँकाे अस्पताल शिलान्यास

१६ मंसिर २०७७, कालिकोट
देशभरका ३०९ वटा स्थानीयत तहमा सोमबार ५ देखि १५ शैय्याका आधारभूत अस्पताल उद्घाटन गर्ने शिलशिलामा नरहरीनाथ गाउपालिकामा १५ संैयाको अस्पाल एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको छ ।

‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम अन्तरगत देशै भरी मंसिर १५ गते उद्घाटन गरीएता पनि नरहरीनाथ गाउपालिकामा विविधि कारण वस एक दिन ढिला मंगलबार १५ शैयाको अस्पतालको शिलान्यास गरेको र गाउपालिकाको भवन निर्माण कार्य पनि सिल्यान्यास गरीएको गाउँपालिका अध्यक्ष धिर वहादुर विष्टले जानकारी दिनुभएको छ ।

अस्पताल उद्घाटन कार्यक्रम कर्णाली प्रदेश सरकारका सदस्य तथा सचेतक कुर्मराज शाही, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष धन्जित शाही (आदर्श) , नेपाली कांग्रेस कालिकोटका पार्टी प्रवक्ता नगेन्द्र बिष्टलगायतको उपस्थितिमा अस्पतालको उद्घाटन गरिएको हो ।