रास्कोटमा विप्लव नेकपा को जनभेला सम्पन्न

२९ चैत्र २०७७ कालिकाेट/- विप्लव नेकपा को वृहत जनभेला रास्कोटमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरीएको छ ।

जनभेलामा विशेष गरी सरकारले विप्लव नेकपा लाई प्रतिवन्द्ध लगाइ विभिन्न मुद्धालगाएर जेलजिवन विताएका वन्दीहरुको अभिनन्दन गर्नका लागी वृहत कार्यक्रम गरीएको नेकपा का सम्वद्ध एक नेता नहकुल शाही र्निविक ले ई साझा खवर लाई जानकारी दिनुभएकाे छ ।

शाहीका अनुसार वृहत जनभेला कार्यक्रममा वन्दि जिवन विताएर खुला संसारमा आएका नेताहरु अनेम संघ केन्द्रिय अध्यक्ष वन्दुचन्द र उपाध्यक्ष धिरिन्दा उपाध्याय भृकुटी लाई पार्टि कार्यर्कता र आम न्याप्रमि जनसमुदायहरुले व्यापक अभिनन्दन र दोसल्ला ओडाएर व्यापक स्वागत गरेको वताउनु भएको छ ।

जनभेला कार्यक्रममा पार्टि केन्द्रिय सदस्य एटम वि सि,अनेम संघ केन्द्रिय अध्यक्ष वन्दुचन्द, उपाध्यक्ष धिरिन्दा उपाध्याय भृकुटी, महासचिव राजकुमारी शाही, जिल्ला ईन्चाज रणदिप र जिल्ला स्क्रेटरी पदम विश्वक्र्रमा ( साहासी) लगायत पार्टिका नेता कार्यकर्ता र जनताहरुको सहभागीता रहेको थियो ।