सान्नी त्रिवेणी गाउँपालिकाले सम्पन्न गर्याे आठौँ गाउँसभा

११ चैत्र २०७८ कालिकाेट /-सान्नी त्रिवेणी गाउँपालिकाकाे आठौँ  गाउँसभा सम्पन्न भएको छ । आ.ब. २०७८/०८९ को नित तथा कार्यक्रम र बजेट सहित प्रस्तुत गर्दै  गाउँसभा सम्पन्न भएको हो ।

सभामा गाउँपालिकाका अध्यक्ष डम्बर बहादु्र शाहि, उपाध्यक्ष होइजा कुमारि बुढा,प्रमुख प्रसासकिय अधिकृत नेत्रराज शाहि, नौ वटै वडाका जनप्रतिनिधिहरु सम्पुर्ण साखाका प्रमुख एबं प्रतिनिधिहरु सुरक्षाकर्मि पत्रकार तथा समुदायका नागरिकहरुको सहभागीतामा स‌चालन भएकाे  थियाे ।

आठौँ  गाउँसभाले  आ.ब. २०७८/०८९ को नित तथा कार्यक्रम सुमदाय स्तरमा अावश्कता अनुसारकाे भाैतीक पुर्वाधार निर्माण सहज र सर्वसुलव शिक्षा स‌चालन गर्नै सडक विस्तारमा पहुच पुर्याउने खाने पानिमा सहज पहुँच पुर्याउने साना उद्याेग तथा कर्षी पर्वदन विकासमा जाे८ दिने खालका याेजनामाहरुमा वजेट विनियाेजित गरेकाे गाउँपालिका उपाध्यक्ष एबं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक होईजा कुमारि बुढा(गिरि) वताउनुभएकाे छ ।

आर्थिक बर्ष २०७८÷०७९ का लागि बिभिन्न शिर्षक बाट गाउँपालिकामा ३६ करोड ६८ लाख २० हजार बजेट प्राप्त भएको उपाध्यक्ष बुढाले बताउनु भयो । स्थानिय सरकारको रुपमा स्थापित भएको तेश्रो बर्ष पुरा गरि चौथो बर्षको कार्यकालमा आइपुग्दा अवको दिनमा यर गाउँपालिकामा आम जनताले प्रत्यक्ष अनुभुत गर्ने खालका योजना तर्जुमा गर्ने स्थानिय जनतालाई योजना तर्जुमा साथै कार्यान्वयनमा प्रत्यक्ष सहभागि गराउने मागमा आधारित र यस क्षेत्रको माटो सुहाउदो कार्यक्रम तथा बिकासका गतिबिधिहरु संचालन गरि यस क्षेत्रका जनतालाइ प्रत्यक्ष परिवर्तनको अनुभुति हुने गरि बिकास निर्माण गर्ने प्रमुख निति रहेको बताउनु भयो ।

समानुपातिक समावेशी र न्यायोचित बितरण गरि कानुनि राज्य र दिगो बिकासको अवधारणा अनुरुप समाजबाद उन्मुख संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रर्णालीलाई स्थापित गर्दै जिवन निर्भाहामुखि प्रयाप्त आर्थिक बिकासका श्रोतहरु, सामाजिक बिकास, शिक्षा, स्वास्थ्य,सडक, सस्थागत सेवा प्रवाह,बन,वातावरण तथा विपत व्यवस्थापन,र पुर्वाधार बिकासका लागि नयाँ निति अवलम्बन गरिने उपाध्यक्ष बुढाले बताउनु भयो । काम गर्ने क्रममा बिभिन्न आरोप, टिका टिप्पणीहरु आउने गरेको भएपनि सबैले आफ्नो क्षेत्रमा निश्पक्ष र निसार्थ रुपमा लाग्न प्रमुख प्रसासकिय अधिकृत नेत्रराज शाहिले आग्रह गर्नु भयो । अन्तमा गाउँसभा बाट प्राप्त ऐतिहासिक उपलब्धी र गत बर्ष भए गरेका कामप्रति प्रत्येक वडाका जनप्रतिनिधिहरुले आ–आफ्नो राय सुझाव पेस गरेका थिए ।