जनप्रतिनिधिको मिलोमोतोमा १८ करोडको हस्पीटल टेन्डर स्थगन

२०७७ जेष्ठ ७ कालिकाेट/-  कालिकोट जिल्ला स्थित रास्कोट नगरपालिकामा कार्यपालिकाका केहि जनप्रतिनिधिहरुको मिलोमोतोमा १८ करोडमा आवह्न भएको स्युना स्वास्थ्य चौकीको स्तर उन्नतिका लागी १५ सैयाको हस्पीटलको टेन्डर स्थगन भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक स्थानिय तह एक आधारभुत अस्पताल हुने व्यावस्था अनुसार संघिय सरकार मार्फत रकमान्तर भई निर्माण गर्न थालिएको स्युना स्वास्थ्यचौकिको स्तर उन्नति १५ सैयाको अस्पतालकाे रास्कोट नगरपालिका स्थित वडा नं ४ का वडा अध्यक्ष र २, ३ र ६ नं वडा का वा अध्यक्षको मिलोमोतोमा कुमालकोटमा अस्पताल वनाउन असर्मथ भएको कारण हस्ताक्षर सहीत नगरपालिकामा निर्णय पेश गरी मन्त्रालय सम्म जानकारी गराएका कारण मन्त्रालय मार्फत टेन्डर स्थगनका लागी पत्र पठाएको स्थानिय नागरीक मेकन्द्र वहादुर शाहीले वताउनु भएको छ ।

रास्कोट नगरपालिका स्थित गौतुकोटमा रवि लामिछाने फाउन्डेसन मार्फत निर्माण भई कार्यरत रहेको रास्कोट सामुदायिक अस्पताल भएको कारण अन्य अस्पताल वनाउन नहुने भन्दै उक्त अस्पतालका केही व्यावस्थापन समितिका व्याक्तिहरु र उक्त अस्पताल क्षेत्रका केही वडाका अध्यक्षहरु को मिलोमोतोमा टेन्डर स्थगन गर्न लगाएको स्थानियहरुको आरोप रहेको छ ।

रास्कोट नगरपालिका मार्फत आवह्न भएको टेन्डर प्रक्रिया २०७७ साल जेष्ठ ६ गते विहिवार खोल्ने शिलशिलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प स ०७७।०७८, च न ९४१ को पत्र ईमेल मार्फत वोल पत्र स्थगन गर्ने भनि नगरपालिका मा आई पुगेको हुदाँ टेन्डर खोल्ने प्रक्रिया स्थगन भएको कारण आवेदन दिने ठेकेदार र रास्कोट वासी १ देखी ९ वडाका जनप्रतिनिधि र जनताहरुको सहभागीतामा नगरपालिका तालावन्धी गरी विरोध जनाएका छन् ।

 

विरोध कार्यक्रममा रास्कोट नगरपालिका स्थित ९ वटै वडाका जनताहरुले चरण वद्ध आन्दोलन गर्ने र रास्कोट नगरपालिका स्थित स्युना स्वास्थ्य चौकि स्तर उन्नती गरी १५ सैयाको अस्पताल निर्माण हुनका लागी राकोवट गर्ने तत्वहरु लाई सार्वजनिक रुपमा कावार्हि गर्ने उनिहरुको हरेक गतिविधिहरु सामाजिक रुपमा वहिस्कार समेत गर्ने चेतावनि समेत दिएको विरोध कार्यक्रमका सहभागी हिक्मत वहादुर शाही ले वताउनु भएको छ ।

रास्कोट नगरपालिकाले एउटा ठुलो अवसरको रुपमा पाएका १५ सैयाको अस्पताल रास्कोट नगरपालिका स्थित खराव तत्वकाकारण निकट भविष्यमा यदि गुमाउनु परेको अवस्थामा रास्कोट नगरपालिका स्थित ९ वटै वडा नागरीकहरुले र स्युना स्वास्थ्य चौकि स्तरउन्नती मार्फत निर्मांण हुने १५ संैयाको अस्पताल निर्माणका लागी करीव ५० करोड वरावरको जग्गा दान गर्ने जनताले के भन्छन र उनिहरुको भविष्य के हुने हो त्यो कुरा भोलिको भविष्यले वताउने कुरा स्थानिय वुद्धिजिवि र सक्षम नागरीकको चर्चा रहेको छ ।