हुरेन्डेक नेपाल द्धारा सिओसि समुह लाई नेतृत्व क्षमता विकासका लागी अतिरिक्त क्रियाकलाप सचालन ।

कालिकोट जिल्लाको रास्कोट नगरपालिका स्थित वडा नं १, २ र ५ मा गठित सिओसि समुहहरु लाई नेतृत्व क्षमता विकास गर्नका लागी विद्यालय स्तरमा हुरेन्डेक नेपाल कालिकोट द्धारा अतिरीक्त क्रियाकलापहरु संचालन गरीएको छ ।

विद्यालय स्तरमा किशोर किशाेरीहरुकाे समुह विस्तार गरी वाल विवाह, छिटो विवाह जर्वजस्ती विवाह लाई न्युनिकरण गरी समुदाय स्तरमा आगामि दिनमा हुने घटनाहरु लाई निवारण गर्ने उदेश्यले हुरेन्डेक नेपाल द्धारा संचाति वाल विवाह, छिटो विवाह र जर्ववस्ती विवाह न्युनिकरण परीयोजना विगत एक वर्ष देखी निरन्तर रुपमा काम गदै आईरहेको परीयोजना सुपरभाईजर सुपारी तिरुवाले वताएकि छन् ।

तिरुवाका अनुसार रास्कोट नगरपालिकामा संचालित सिओसि समुह लाई सामुदायिक सहजकर्ता मार्फत हरेक हप्ताको ४ दिन उनिहरुको क्षमता विकासका लागी कक्षा संचालन भइरहेको र हाल उनिहरु लाई थप उत्प्ररेक र जागरुक गर्नका लागी अतिरीक्त क्रियाकलाप संचालन गरीएको जनाएकि छन् ।

अतिरीक्त क्रियाकलाप रास्कोट नगरपालिका स्थित वडा नं ५ को वडिमालिका माध्यामिक विद्यालय रास्कोट र कालसिल्ला माध्यामिक विद्यालय गोर्खालिगाउँको विद्यालयमा संचालन गरीएको छ ।

वाल विवाह, छिटो विवाह जर्वजस्ती विवाह लाई न्युनिकरण गर्नमा टेवा पुर्याउनका लागी किशोर किशोरीहरुको सहभागीतामा हाजिरी जवाफ तथा वक्तृतवकला संचालन गरीएको थियो ।

अतिरीक्त क्रियाकलाप संचालनमा सहभागी हुने प्रतिस्प्रधि किशोर किशोरीहरु लाइ प्रथम लाई २५ सय द्धितिय लाई २ हजार र तृतिय लाई १५ सय वरावरको शैक्षिक समाग्री हस्तारण गरीएको कार्यक्रममा सहभागी वडिमालिका निमित्त प्रधानाध्यापक पर्मत कुमार शाहीले वताएका छन् ।

शाहीका अनुसार यो वाल विवाह, छिटो विवाह र जर्वजस्ती विवाह न्युनिकरण यरीयाेजनाले विद्यालय स्तरका किशोर किशोरीहरु लाई निरन्तर साक्षात्कार गदै आएको र अतिरीक्त क्रियाकलाप पनि संचालन गदै आईरहेको हुदाँ यस्ता खालका घटनाहरु आगामि दिनहरुमा न्युनिकरण हुदै निवारण हुनेहुनाले कार्यक्रम सारै प्रभावकारी रहेको वताएका छन् ।

उनले थपे आफ्नो युवा उमेरको समयमा सानै १३ वर्ष देखी १८ वर्ष सम्मको उमेर समुहमा विवाह गर्ने धेरै हुन्थ्ये । उनिहरुले छिटो विवाह गर्दा परीवारीक ठुलो संकट निम्तीन्थ्यो । आफु परीपक्क नभएकर वाल वच्चाहरु जन्मीन्थे र उनिहरुको व्यावस्थापन गर्न कठिन हुन्थ्यो । अपरीपक्क उमेरमा वच्चा जन्माउदा कयौ आमाको ज्यान जान्थ्यो । त्यसैले यो वर्तमान परीवेशमा यस्ता खालका कार्यक्रम संचालन हुदाँ आगामि दिनहरुमा वाल विवाह, छिटो विवाह र जर्वजस्ती विवाह कुनै पनि वालवालिकाले गर्न नहुने कुरामा जोड दिई सहभागी किशोर किशोरीहरु लाई सुसुचित गराएका छन् ।

अतिरीक्त क्रियाकलाप वडिमालिका माध्यामिक विद्यालय रास्कोटमा असार २५ गते र कालासिल्ला माध्यामिक विद्यालय गोर्खालिगाउँमा असार २६ गते कार्यक्रम संचालन गरीएको थियाे  ।