रास्कोट नगरपालिकामा १८० जना प्रायोजित वालवालिकाहरुलाई राहत सहयोग

१ असार  २०७८ कालिकाेट/- प्लान नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपालको साझेदारीमा संचालित कोभिड १९ रिस्पोन्स कम्वोडेटि भौचार राहत सहयोग कार्यक्रम मार्फत रास्कोट नगरपालिका स्थित वडा नं १ देखी ९ सम्मका प्रायोजित वालवालिकाका घरपरीवारहरुलाई राहत सहयोग गरीएको छ ।

कोभिड १९ को दा्रेश्रो लहरका कारणले समुदायका विपन्न गरीव दलित अपांगता परीवारहरुमा परीरेहेको भोकमरीको पिडा लाई सम्वोधन गरी उनिहरुको साझ विहानको चुलो वलोस र केही छाक भए पनि खाद्य् आपुर्तिहोस भन्ने मान्यताका साथ गरिव दिनदुखीको साहारा भएर खाद्य सहयोग गरीएको किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले जानकारी दिनुभएको छ ।

पाण्डेका अनुसार रास्कोट नगरपालिकाका १८० घरधुरीमा प्रति परीवार ७५ केजि मसिनो चामल, २० केजि मसुरोका दाल, खाने तेल ६ लिटर, चना ६ केजि, रातो सिमी ६ केजि, सेतो केराउ ६ केजि, आयोडिन नुन ६ केजि, चिनि ६ केजि र हात धुने सावुन १५ पिस हस्तान्तरण गरीएको ई साझा खवर डटकम लाई वताउनुभएको छ ।

राहत समाग्री प्रति परीवार १३ हजार ४ सय ८९ रुपैया वरावरको हस्तान्तरण गरीएको र समग्रमा रास्कोट नगरपालिकामा २४ लाख २९ हजार ६ सय चालिस रुपैया वरावरको समाग्रीहरु दलित तथा विपन्न परीवार लाई हस्तान्तरण गरेको र समाग्री महिलाको हातमै हस्तान्तरण गरेको हुदाँ रास्कोट नगरपालिकाका उपमेयर मिम्मसरा वम ले हार्दिक आभार सहित वधाई समेत दिएको नगरपालिका श्रोत ले जनाएको छ ।

विगत एक वर्ष अघि प्लान नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपालको सहजिकरणमा कारोना माहामारी र वाढिपहीरो पिडितलाई नगद राहत र सरसफाईका समाग्रीहरु पनि वितरण गरीएको थियो ।