माहाबैमा क. संगिनको सालिक स्थापना

कालीकाेट /- नेपालमा संघीय गणतन्त्र ल्याउनका लागि जनयुद्ध थालनी भएको बेला सबै स्वार्थ त्याग गरी देश र जनताको हितमा काम गर्ने क्रान्तिकारी र परिवर्तन कारी विचार बोक्दै विभिन्न आन्दोलन मा सहभागी भएकै बेला देशका लागि बलिदान गर्नुहुने आदरणीय सहिद क संगिन को नाममा महाबै गा पा को डिल्लिकोट मा मुख्य मन्त्री महेन्द्र बहादुर शाही का प्रमुख स्वकिय सचिव खेम बहादुर सिंह भिजनको  पहलमा उद्योग बन पर्यटन मन्त्रालयको १० लाख लगानिमा माहाबैमा सालिक स्थापना गरिएको छ ।

सहिदका सपना पूरा गर्न सदासर्वदा लागिरहन आदरणीय नेताज्यू हरु र डिल्लिकोट बासी आम जनता हरु लाई आग्रह गर्दै स्थानीय खुशी भयका छन । युद्ध र आन्दोलनको उपलब्धि र मर्मस्पर्शी भावनालाई कदर गर्दै अगाडि बढने विश्वास लिएको बताउनु भयो ।

माहान जनयुद्धको राप रताप सँगै युगिन परिवर्तनको लागि मिति २०६१/३/२१ गते जिबनको आवति तिएका स्व भरत बहादुर सिह क संगमको २०४३/१२/२१ गते जन्म भएको र मिति २०५७/३/२१ गते गरिब निमुखा जनताको मुक्ति का लागि पुर्णकालिन भएका सिह एक कर्मठ जुझारु र इमान्दार युद्धका सिपाईका रुपमा परिचित थिए भन्ने स्रोतले जनाएको छ ।

लगनसिलता र जुझारु साहासि पनले उनलाई तत्कालीन नेकपा माओबादिले कम्पनी कमान्डर सम्मको जिम्मा दिएको थियो । आज यस्तै थुप्रैले ज्यान गुमाएर राजतन्त्रको अन्त्य सँगै नेपाली राजनितिमा परिवर्तनको दियो बलेको हो गणतन्त्रको स्थापना नयाँ संविधान स्थानिय सरकारको उदय भए सँगै सहिद क संगिनको सम्मान स्वरुप खेम ब सिह क भिजनको पहल सँगै खेम ब सिह र सर्पराज सिहबाट एक कार्यक्रम गरि सालिक सार्वजनिक गरिएको छ । यस्ले सहिदले गरेको देस र जनता प्रति गरेको लगानिको थोरै भएपनि सम्मान गर्ने स्थानिय बासिको भनाई रहेको छ ।