बालविवाह न्युनीकरणको अभियान व्यापक बनाउन सरोकारवालाहरुले गरे प्रतिवद्धता

९ साउन २०७९ कालिकाेट

सेभ द चिल्डेन को आर्थिक सहयोग तथा किर्डाक नेपाल कालिकोटको साझेदारीमा संचालित सहयात्रा परीयोजना द्धारा जिल्ला स्थित सरोकारवालाहरुसंग वालविवाह न्यनिकरण सम्वन्धि एक दिने जिल्ला स्तरीय समवन्य बैठक सम्पन्न भएको छ ।

वैठककमा विशेष गरी जिल्ला स्तरमा वालविवाह न्युनिकरणका क्षेत्रमा गरेका अभियानात्मक क्रियाकलापको वारेमा जानकारी गराउनुका साथै बालविवाह न्युनीकरणको क्षेत्रमा बिभिन्न संघसंस्थाहरुले हाल सम्म गरेको प्रगति विवरणको विषयमा समिक्षा, आगामि दिनमा कालिकोट जिल्ला लाई वालविवाह निशेधित जिल्ला बनाउनका लागि कसरी अगाडि वढ्न सकिन्छ भन्ने बिषयमा बैठक केन्द्रित भएर आयोजना गरीएको किर्डाक नेपाल कालिकोट जिल्ला संयोजक तुलाराम पाण्डेले वताएका छन् ।

पाण्डेका अनुसार जिल्लाका कुल ९ वटा पालिका मध्ये ६ वटा पालिकामा मात्र बिभिन्न संघसंस्थाहरुले वालविवाह न्युनिकरण परीयोजना संचालन गरीरहेको र अझै पनि महावै, पचालझरना र पलाता गाउपालिकामा वालविवाह न्युनीकरण सम्वन्धिका कुनै पनि संघसंस्थाहरुका परियोजनाहरु संचालन नभएको हुँदा उक्त पालिकाहरुमा स्थानिय सरकार मार्फत वालविवाह न्यनिकरण सम्वन्धीका काम कार्य कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि व्यापक छलफल भएको र यसै साउन महिनाको अन्तिम तिर जिल्ला स्थित सवै पालिका प्रमुख तथा सरोकारवाला, संघसस्थाहरु संग वृहत कार्यशाला वैठेक संचालन गरी वालविवाह न्यनिकरण आवाधिक योजना तय गरेर नेपाल सरकारको रणनिति अनुसार वालविवाह निवारण जिल्ला घोषण अभियानमा लाग्ने रणनिति समेत तय गरीएको कुरा वताएका छन् ।

वैठेकमा सहभागी जिल्ला समवन्य समिति प्रमुख धनजित शाही, प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा, डिएस पि सिद्धराज न्यौपाने लगायत कार्यलय प्रमुख हरुले वालविवाह समाजको एक चुनौतिपुर्ण समस्या हो । यस लाई निवारण गर्नका लागी सवै सरोकारवाहरु जिम्मेवारी भएर लाग्नुपर्ने र आफु र आफ्नो कार्यलयले गर्नुपर्ने सवै काम कार्य आफ्नो तहवाट वफादार तवरले स‌चालन गर्न प्रतिवद्धता जाहेर गरेका छन् ।

वैठेकको लक्ष्य उदेश्य सहित बालबिवाहकाे बर्तमान अवस्था, चुनाैति र न्युनिकरणका लागि सराेकारवालाकाे भुमिका बिषयमा सेभ द चिल्ड्रेन का कार्यक्रम संयाेजक बाले बिश्वकर्मा द्धारा प्रस्तुतिकरण गरीएकाे वैठक श्राेतले जानकारी दिएकाे छ ।