सिओसि को नेतृत्व विकास का लागी अतिरीक्त क्रियाकलाप संचालन

कालिकोट जिल्लाको रास्कोट नगरपालिका स्थित सुन्दर आधारभुत विद्यालय मा सिओसिको नेतृत्व विकासका लागी अतिरीक्त क्रियाकलाप संचालन भएको छ ।

प्लानइन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल को साझेदारीमा संचालित वालविवाह, छिटो विवाह तथा जर्वजस्ती विवाह न्युनिकरण परीयोजना द्धारा अक्तिरीक्त क्रियाकलपा संचालन गरीएको परीयोजनाका फिल्ड सुपरभाईजर दिपेन्द्र वहादुर शाहीले जानकारी दिएका छन् ।

परीयोजना फिल्ड सुपरभाइजर शाहीका अनुसार परीर्वतनका सम्वाहक (सिओसि) समुहका पदाधिकारीहरु लाई वालविवाह, छिटो विवाह तथा जर्वजस्ती विवाह न्युनिकरण गर्न नेतृत्व विकास तथा सिप विकास लागी परीयोजना मार्फत अतिरीक्त क्रियाकलाप संचालन गरीएको वताएका छन् ।

समुदाय स्तरमा जगडिएर वसेको रुडीवादी परम्परा तथा सास्कृतिकका कारणले हुने गरेका विभिन्न वाल वैवाहिक हिंसाको पुर्णरुपमा अन्त्यस्टी गर्न का लागी सुमदाय तथा विद्यालय स्तरमा जनचेतनामुलक अतिरीक्त क्रियाकलापहरु संचालन भइरहेको र यसै क्रममा सुन्दर आधारभुत विद्यालयमा अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगीताको माध्याम द्धारा सिओसिका पादाधिकारीहरुको नेतृत्व क्षमता विकास कार्यक्रम संचालन गरीएको वताइएको छ ।

अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा मोतिराम माध्यामिक विद्यालय तथा सुन्दर आधारभुत विद्यालयका सिओसि समुहका पदाधिकारी, विद्यालयका सम्पुर्ण विद्यार्थि तथा शिक्षकहरुको सहभागीतामा संचालन गरीएको र प्रतियोगितामा भाग लिएर स्थान हासिल गर्ने विद्यार्थिहरु लाई स्टेसनरी समानहरु पुरस्कार वापत हस्तान्तरण गरीएको जानकारी दिएका छन् ।

वालविवाह छिटो विवाह र र्जवजस्ती विवाह न्युनिरकणका लागी वालवालिकामा भएको सचेतनामुलक अन्र्तरनिहीत प्रतिभाहरुको प्रस्फुटन गर्न तथा सिओसि समुहको नेतृत्व विकास गर्नका लागी यो क्रियाकलाप अत्यन्तै महत्वपुर्ण भएको हुदाँ आगामी दिनमा निरन्तर रुपमा संचालन गर्न का लागी सहभागी शिक्षक तथा अभिभावकहरुले अनुरोध समेत गरेको कुरा वताइएको छ ।