रास्कोट नगर सरकारले गर्यो शैक्षिक क्रान्तिको संखघाेष

कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले एक औपचारीक कार्यक्रम शैक्षिक गोष्ठि संचालन गरी शैक्षिक क्रान्तिको संखघाेष गरेको छ ।

परम्परागत ढंगले संचालन भैरहेको शैक्षिक गतिविधिको क्रान्तिकारी परीवर्तन ल्याइ शैक्षिक क्षेत्रमा उल्लेखनिय स्थान कायम गरी दिर्घकालिन विकासका लागी पहिलो स्टेप पालिका स्तरीय वृहत शैक्षिक गोष्ठि संचालन गरीएको नगर प्रमुख धर्मराज शाही पोषणले जानकारी दिएका छन् ।
नगर प्रमुख शाहीका अनुसार पालिका स्तरमा अहिले संचालन भइरहेको शैक्षिक गतिविधि परम्परागत ढंगको भएको हुदाँ यसलाई आमुल परीवर्तनका लागी कसरी व्यावहारीक वनाउन सकिन्छ ? कसरी व्यावसायिक वनाउन सकिन्छ ? कसरी आत्मनिरर्भर वनाउन सकिन्छ भन्ने विषयमा वृहत छलफल गरीएको र उक्त छलफल लाई लिपिवद्ध तवरले योजनामा ढालेर निति तथा विधिगत ढंगले शैक्षिक क्रान्तिका पाईलाहरु चाल्ने कुरा वताएका छन् ।

उनले थपे नेपालको संविधान तथा ऐनमा टेकेर शैक्षिक क्रान्तिको गाडि गुडिसक्यो अव कसैले रोक्ने चेष्टा ले तगारो वन्न आउछ भने हामीले भन्नु केही छैन नत्र भने हामिले चालेका हरेक पाईलाहरुमा सम्पुर्ण सार्वजनिक पदधारण गरेका व्याक्ति, यस क्षेत्रामा सरोकार राख्ने सम्पुर्ण व्यक्ति तथा संघ संस्थाहरु लाई ऐक्यवद्धता सहित सहयोगको अपेक्षा राखेका छौ । सवै शिक्षक शिक्षक हुदैनन ? सवै विद्यालयका शिक्षक प्रअ हुदैनन ? सवै गाडिमा चढ्ने व्याक्ती डाइभर हुदैनन ? सवै पेलेनमा सवार यात्रु पाइलट हुदैनन ? कयैा मान्छे हरु यात्रु हुन्छन् कैयौ मान्छे एयर होस्टेज हुन्छन भने कयौ मान्छेहरु उडेको प्लेन देखेर आनन्द लिने हुन्छन् । त्यसर्थ रास्कोट नगरपालिकामा जिम्वेवार सवै शिक्षकहरु तथा जिम्वेवार व्याक्तिहरु शिक्षा क्षेत्रको चालक हौ भन्ने वुझ्न पर्दछ ।

हामि गो अ हेड हाम्रो यात्रा शुरु भैसक्यो हामि हाम्रो सामाजिक जिवनमा उक्लीसकेका छौ अव व्याक्तिगत जिवन होईन त्यसर्थ शिक्षा क्षेत्रमा लाग्ने सम्पुर्ण शिक्षकहरु ले सामाजिक जिवनको मुल्य मान्यता लाई आत्मसाथ गरेर अगाडि वढ्नु पर्दछ सो अनुसार आफ्नो कक्षा आफ्नो विद्यालय सोही अनुसार शैक्षिक रुपान्तरण गर्न जरुरी छ । यदि यो शैक्षिक क्रान्तिको स्प्रीड लाई सही तवरले वुझ्नु भएन भने यसको भागीदार आफै हुुनुपर्ने कुरा समेत व्यत्तगरेका छन् ।

जनाताले आफुलाई रास्कोटको सुख र समृद्धिका लागी पाचँ वर्षको नेतृत्व गर्न दिएको हुदाँ जनता लाई अनुभुति हुने खालका र जनपक्षिय कामकार्य संचालन गर्ने जसको प्रतिफल आफुलाई शैक्षिक क्रान्ति गर्ने जस्ता विभिन्न खालका काम कार्य गर्न टेवा पुग्ने वताएका छन् ।

उनले भने रास्कोटमा व्यापक शैक्षिक तप्काको उपश्थिति रहेको हुदाँ अव रास्कोट वनाउने रास्कोटी वौद्धिक व्यक्तिको भुमिकाको खाचो छ त्यसर्थ अवको रास्कोटको शैक्षिक परीर्वतन यहि जनेरेसनले गर्नेछ भन्ने कुरा समेत व्यक्त गरेका छन् ।

हामि वनाउछौ हाम्रो नगर भन्ने नारा लाई आत्मसाथ गदै संचालन भएको शैक्षिक गोष्टिले रास्कोट नगरपालिकाको शिक्षा क्षेत्रका सम्पुर्ण कर्ताहरु अभिभावक, विद्यार्थि, शिक्षक, शिक्षक अभिभावक संघ, विद्यालय व्यावस्थापन समिति, नगर सरकार तथा शैक्षिक क्षेत्रमा सरोकार राख्ने सवै व्याक्ति तथा संघ सस्थाहरु ले सुश्म स्तरको व्यावस्थापन गरेर रुपान्तरणीय शिक्षा सहित शैक्षिक क्रान्ति लाई सफल पार्न अनुरोध समेत गरेका छन् ।
रास्काेट नगरपालिकाले जाहेर गरेरकाे १६ वुदे प्रतिवद्धताको पुर्ण पाठ