इ साझा खवर डट कमको प्रधान कार्यलय उद्घाटन

३१ असार २०७९/- कालिकाेट

कालिकोट जिल्ला खाडाचक्र नगरपालिका वडा नं १ स्थित मान्मा वजारमा इ साझा मिडिया प्रालि द्धारा संचालित इ साझा खवर डट कम को प्रधान कार्यलय एक कार्यक्रमको आयोजना गरेर उद्घाटन भएको छ ।

जिल्ला समवन्य समिति कालिकोट का प्रमुख धन्जीत शाहीको प्रमुख अतिथित्यता, रास्कोट नगरपालिका मेयर धर्मराज शाही (पाेषाण), , महावै गाउँपालिका अध्यक्ष खेम वहादुर सिह (भिजन), पचालझरना गाउपालिकाका अध्यक्ष देवेन्द्र शाही (अग्नी)को विशेष अतिथित्यमा र प्रत्रकार महासंघ कालिकोट का अध्यक्ष भरत राज विष्टको अतिथित्यतामा तथा जिल्ला स्थित सम्पुर्ण कार्यलय का प्रमुख तथा प्रतिनिधि र पत्रकार हरुको सहभागीतामा उद्घाटन कार्यक्रम संचालन गरीएको हाे ।

कार्यक्रममा वोल्दै रास्कोट नगरपालिका मेयर र्धमराज शाही पोषण ले भने पत्रकारीता राजनितिक तथा आर्थिक सहयोग गरे वापत अधिक्तम प्रभावित भएर समाचार सम्प्रेषण गर्ने र आर्थिक सहयोग नगर्ने पालिका तथा व्याक्तिहरु लाइ पुर्वाग्रही रुपमा लिएर चरित्र हत्याहुने गरेर समाचार लेख्ने प्रवृति अन्त्य गदै सत्य तत्थ्य र निपष्क्ष रुपमा समाचार सम्प्रेषण गर्नका लागी मिडियाले महत्वपुण भुमिका निर्वाह गर्न जरुरी भएको कुरा व्याक्त गरेका छन् ।

उनले थपे कालिकोटमा हरेक क्षेत्रमा सुशासनको प्रत्याभुति दिलाउन सत्य तत्थ्य र निपष्क्ष रुपमा समाचार सम्प्रेषण गर्न जरुरी छ । त्यसर्थ मिडियाले सानो शुभकामना लेखेर पालिकामा विल पेश गरेर भुक्तानि लिने कुरा मात्र नभएर सुशासन स्थापना गर्ने अभियान्ताको रुपमा काम गर्नु पर्ने वताएका छन् ।

कार्यक्रममा सहभागी प्रमुख अतिथि विशेष अतिथि लगायत सम्पुर्ण अतिथि तथा सहभागी हरुले इ साझा मिडिया सवैको साझा वन्न सकोस भन्ने कुरालाई केन्द्रीत रहेर शुभकामना व्याक्त गरेका थिए भने इ साझा मिडिया लाई गर्नुपर्ने ुकुनै पनि सहयोगको अभाव हुननदिने कुरा समेत व्यक्त गरेका थिए ।