स्वास्थ्य निति तर्जुमा गोष्टी सम्पन्न ।।

कालिकोट – कालिकाेट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकामा स्वास्थ्य निति तर्जुमा गोष्टि सम्पन्न भएको छ ।  गाेष्ठी पालिका स्तरमा स्वास्थ्य सेवा सर्वसुलभ र मर्यादित वनाउनका लागी पालिका स्तरीय रणनितक याेजना तर्जुमा  गरीएकाे पालिका अध्यक्ष डम्वर वहादुर शाहीले वताउनुभएकाे छ ।

गाेष्ठीमा गाउँ स्वास्थ्य क्लिीनिक सेवालाइ चुस्तदुरुस्त बनाउने, स्थानिय स्तरमा उपलब्ध हुने जडिबुटिहरु संकलन गरि पालिका स्तरीय आयुर्बेदिक औषधालय स्थापना गर्ने र समुदाय स्तरमा आयुर्बेदिक सेवा दिने, स्वास्थ्य बिमालाइ प्रभावकारि बनाउने, दलित, घाइते,अपांग,शहिद परिवारहरु का सदस्य लाइ उपचार सहज तवरले गर्ने रणनिति रहेकाे अध्यक्ष शाहीले वताउनु भएकाे छ ।

गाेष्ठी गाउँपालिको आयोजना र स्वास्थ्यका लागि सक्षम प्रणालीको सहकार्यमा स‌चालन गरीएकाे सहभागीले जानकारी दिएकाे पालिका श्राेतले वताएकाे छ ।