एमाले सचिवालय बैठक आज

काठमाडौँ – नेकपा (एमाले)ले सचिवालय बैठक आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ ।

राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

यसैबीच, पार्टीअध्यक्ष केपी शर्मा ओलीले बिहिबार अपराह्न प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गरेका थिए