सान्नी त्रिवेणी गाउँपालिकाले आवश्यकता वाहेकका करार कर्मचारी तथा शिक्षकको सम्झौता नगर्ने ।

कालिकोट —

सान्नी त्रिवेणी गाउँपालिकाले आवश्यकताभन्दा बढिका करार कर्मचारीको करार म्याद नथप्ने निर्णय गरेको छ । गाउँपालिकामा स्विकृत दरवन्दि अनुसार रिक्त रहेका पदहरुमा करार सेवावाट नियूक्त गरिएका शिक्षक तथा कर्मचारीहरुले काम काज गर्दै आएकोमा हाल स्थायी कर्मचारीहरुको पदपुर्ति समेत भईसकेको र दरबन्दी भन्दा बढि करार कर्मचारी रहेकाले आवश्यकता अनुसार वाहेकका करार कर्मचारीको सम्झौता नगर्ने निर्णय गरेको हो ।

साउन महिनामा बसेको कार्यपालिका बैठकले ३ महिना मात्र करार कर्मचारीको सम्झौता गर्ने निर्णय गरेको थियो । १६ गते वसेको सान्नी त्रिवेणी गाउँपालिकाको कार्यपालिका बैठकले उक्त निर्णय गरेको गाउँपालिकाका प्रबक्ता रंगलाल देवकोटाले जानकारी दिए । गाउँपालिकामा दरबन्दी भन्दा अन्य पदमा कर्मचारी भर्ना गरि पालिकाको विकासे वजेटमा असर परेको हुँदा यस्तो निर्णय गर्नु परेको गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले बताए ।

उनले भने , हामीले रोजागरी सिर्जना गर्ने हो । तर रोजगारी सिर्जना गर्ने नाउँमा विकासे वजेट काटेर तलब भत्ता खुवाउन नसकिने भयो । पालिकामा दरबन्दी भन्दा बढि कर्मचारी रहेको छन । उनिहरुलाई तलव भत्ता खुवाउनका लागि विकासे वजेट कटौति गर्नु पर्छ । पालिकाको विकास शुन्य उपलब्धीमा जाने अवस्था आउदा आबश्यकता भन्दा बढिका करार कर्मचारीको सम्झौत नगर्ने निर्णय गरेका हौँ ।

यस्तै नेपाल सरकारको निति तथा कार्यक्रम अनुसार प्रतेक पालिकामा एक अस्पताल अवधारण अनुसार निर्माण हुने भवनको ठेक्का प्रक्रिया अगाढि बढाउने निर्णय समेत पास गरिएको छ । गत असोज १९ गतेवाट २४ गते सम्म आएको अविरल वर्षाका कारण वाढि पहिरोमा परि क्षति भएका परिवारहरुको यथार्थ विवरण संकलन गरि स्थानिय विपद व्यवस्थापन समितिको बैठकवाट निर्णय गराई राहत उपलब्ध गराउने समेत निर्णय गरिएको छ ।

गाउँपालिका र वडा कार्यालयको वार्षिक बजेटको अधिनमा रहि वडा कार्यालयमा आवश्यक पर्ने मोटरसाईकल, कम्प्यूटर, ल्याप्टप आदि खरिद गर्ने निर्णय गरेको प्रबक्ता देवकोटाले बताए । कृषि विकास कार्यालय कालिकोट र यस गाउँपालिकावाट साझेदारीमा संचालन हुने एक पालिका एक कृषि स्थापना कार्यक्रम संचालनका लागि आवश्यक पर्ने रकमको व्यवस्थापन गर्ने , चालु आ.व.मा संचालन भएका र गत आर्थिक वर्षमा संचालन भएका कार्यक्रम तथा आयोजनाहरुको प्राविधिक मुल्यांकनका आधारमा रकम भुक्तानि दिने लगायतका निर्णय गरेको प्रबक्ता देवकोटाले बताए ।