नेपाल बैंकले माग्यो कर्मचारी

काठमाडौ,  १ असार । सरकारी स्वामित्वमा रहेको नेपाल बैंकले कर्मचारी माग गरेको छ ।बैंकले शुक्रबार (असार १ गते) ४६ जना स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । बैंकले छैंटाैँ तहदेखि चौथो तहसम्मका पदका लागि दरखास्त माग गरेको हो ।

खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने बैंकले जनाएको छ । योग्य नेपाली नागरिकले १ असारदेखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिनेछ ।