मृत्यु भएको १६ महिना पछि निरु विकको न्यायको माग

१६ पाैष २०७९ कालिकाेट

कालिकोट जिल्ला खाडाचक्र नगरपालिका वडा नं ६ दाहा गोरालवाडा निवासी रत्ने वि क को १६ वर्षिया छोरी निरु विकको २०७८ भदौ ४ गते सामुहिक वलात्कार पछि विभत्स हत्या भएको घटनाको १६ महिना पछि न्यायको खोजि गदै चे फोर्स नेपालले दवाफमुलक कार्यक्रम संचालन गरेको छ ।

करीव डेढ वर्ष अघि हत्या गरीएका वालिका निरु विकको न्यायका लागी उनका वावु रत्ने विकले जिल्ला प्रहरी कार्यलय कालिकोटमा सोही समयमा जाहेरी दिएता पनि हाल सम्म मृतक विकका हत्यारा पत्ता नलागेको हुदाँ पिडित लाई न्यायका लागी चे फोर्स नेपालले दवाफ मुलक कार्यक्रम संचालन गरेको प्वोलिट व्युरो सदस्य हिक्मत जंग मल्लले जानकारी दिएका छन् ।

प्वोलिट व्युरो सदस्य मल्लका अनुसार निरु विकको हत्यामा संग्लन हत्याराहरु लाई कानुनि दायरामा ल्याएर हदै सम्मको कार्वाही गर्न तथा पिडित परीवार लाई न्याय दिनका लागी चे फोर्स नेपालले जिल्ला प्रशासन कार्यलय कालिकोट मार्फत नेपाल सरकार लाई ज्ञापन पत्र वुझाएको, हस्ताक्षर अभियान संचालन गरेको र सडक वहस कार्यक्रम संचालन गरीएको वताएका छन् ।

उनले थपे निरु विकको हत्यारा पत्ता नलाए सम्म कालिकोट जिल्लामा न्यायका लागी मसाल जुलुुस तथा र्यालि लगाएतका चरण वद्ध आन्दोलन संचालन गर्ने र त्यति गर्दा पनि राज्यले सुनुवाइ नगरेको खण्डमा माइतिघर मण्डला काठमाडौ वाट सिहदरवार लाई सुनिने र महशुस हुने गरी कार्यक्रम संचालन गर्ने जानकारी दिएका छन् ।

चे फोर्स नेपाल ले संचालन गरेको निरु विक हत्याका अपराधि लाई हदै सम्मको कार्वाहि तथा पिडित परीवार लाई न्याय दिने अभियानमा कालिकोट का मानव अधिकार कर्मि, पत्रकार, नागरीक समाज तथा कानुन व्यावसायिले साथ दिने ऐक्यवद्धता समेत जाहेर गरेका छन् ।