गृहमन्त्रीको राजीनामा माग गर्ने एमालेको तयारी

काठमाडौं – नेकपा (एमाले) संसदीय दलको बैठक संघीय संसद् भवनको ल्होत्से हलमा अहिले जारी छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, सुवासचन्द्र नेवांग, योगेश भट्टराई, गोकुल बास्कोटा लगायतका नेताहरु सहभागी भएका छन् ।

संसद् बैठकमा एमालेले उपप्रधान तथा गृहमन्त्रीको राजीनामा माग गर्ने तयारी गरेको छ । सोही बिषयमा छलफल गर्न र सुन काण्डबारे धारणा तय गर्न बैठक बसेको हो ।सोमबार राति कम्बोडियाबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा एमाले अध्यक्ष ओलीले गृहमन्त्री श्रेष्ठको आलोचना गरेका थिए।