जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक बिदा

काठमाडौं, १ फागुन । सरकारले आज सार्बजनिक बिदा दिएको छ । शनिबार बसेको मन्त्रिपरिषदको बैठकले जनयुद्ध दिवसको अवसरमा सार्बजिनक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सहसचिब तथा प्रबक्ताले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ‘बिसं २०७९ साल फागुन १ गते सोमबारका दिन जनयुद् दिवसको अवसरमा नेपाल राज्य भर बिदा दिने नेपाल सरकार, मन्त्रिपरिषदबाट २०७९ माघ २९ गते निर्णय भएको हुदाँ सबन्धित सबैको जानकारी लागि यो सुचना प्रकाशित गरिएको छ ।

पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको तेस्रो पटकमा यस्तो सार्बजनिक बिदा दिइएको हो । यसअघि नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको कर्णाली र बाग्मती प्रदेशले पनि जनयुद्ध दिवसको अवसरमा सार्बजिनक बिदाको निर्णय गरिसकेका थिए ।