आज सार्वजनिक बिदा भए पनि बैंक खुल्ने

काठमाडौं, १ फागुन । सरकारले साेमबार सार्वजनिक बिदा  दिएकाे छ । तर, बैंकहरु खाेल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएकाे छ । जनयुद्ध दिवसको अवसरमा सरकारले साेमबार सार्वजनिक बिदा दिएकाे हाे ।

तर, नेपाल राष्ट्र बैंकले सोमबार बिहान १० बजेदेखि १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएकाे हाे । 

राष्ट्र बैंकले साेमबार नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएस लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।