घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ – नेपाल बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामै ३ सय रुपैयाले घटेको हो । यसअघि आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलाको १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि घटेको छ आज चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।