घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, पुस १५ । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला एक लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका नुसार आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।