रास्कोट नगरपालिकाद्धारा कर्मचारी माग, सूचनासहित

काठमाडौँ । कालिकोटको रास्कोट नगरपालिकाले कर्मचारी माग गरेको छ । रास्कोट नगरपालिकामा रिक्त रहेको वरिष्ठ उद्यम विकाश सहजकर्ता सहायक स्तर पाँचौ तहको पदका लागि एक जना कर्मचारी माग गरिएको हो ।

नगरपालिकाको माघ २९ गते भएको निर्णय अनुसार १८ वर्षभन्दा माथि तथा ४० वर्ष ननाघेको इच्छुक व्यक्तिले देहायबमोजिमका कागजातहरुसहित आवेदन दिन सक्ने प्रमुख प्रशासकीय अधिकृत जवान सिंह बमद्धारा जारी सुचनामा उल्लेख छ ।

थप जानकारीका लागि रास्कोट नगरपालिकाले जारी गरेको पूरा सूचना पढ्नुहोस्