कांग्रेस सांसद भण्डारीको आज बिहान १० बजे शल्यक्रिया

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको आज शल्यक्रिया हुने भएको छ ।

बुधवार राती ग्याँस लिक भएका कारण दुर्घटनामा परेका सांसद अधिकारीको आज बिहान १० बजे र २ बजे मुम्बई अस्पालमा शल्यक्रिया हुन लागेको हो ।

कांग्सका केन्द्रिय सदस्य अजयबाबु सिबाकोटीका अनुसार शुक्रवार विहान १० बजे र दिउँसो २ बजे भण्डारीको शल्यक्रिया हुनेछ । बम्बईस्थित नेपाली अगुवा व्यक्तित्व शालिग्राम तिवारीका अनुसार बरिष्ठ चिकित्सकहरूको टिमले चन्द्र भण्डारीको स्वास्थ्य उपचार शुरू गरेको उनले जानकारी दिएका छन । उनका अनुसार उनीहरूसँगै रहेका कांग्रेस नेता योगराज कडेँल र माधव न्यौपानेले दिएकाे जानकारी अनुसार भण्डारीकाे अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन्।

शुक्रवार राती ग्याँस सिलिन्डर लिक भए पछि निभाउन जाँदा एक्कासी लागेको आगोमा परी सांसद भण्डारी र उनको आमा गम्भिर घाइते भएका थिए । सिभिल अस्पताल हुदैँ किर्तिपुरस्थित अस्पतालमा पुरयाईका सांसद भण्डारीको नेपालमा उपचार सम्भव नहुने भनिए पछि एअर एम्बुलेन्समार्फत थप उपचारका लागि हिजो मुम्बई लगिएको थियो । सांसद भण्डारीकी आमाको भनाई हिजै किर्तिपुर अस्पतालमा मृत्यु भएको छ ।