एमाले कर्णाली प्रदेश कमिटीको मतगणना सुरु भए लगत्तै सिटी हल तोडफोड, ठूलो संख्यामा प्रहरी परिचालन

काठमाडौ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणना सुरु भए लगत्तै सिटी हल तोडफोड भउको छ । सिटी हल तोडफोड भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । यो समाचार तयार पार्दासम्म अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहले सुरुवाती अग्रता लिएका छन् । ९२ मत गणना गर्दा साहले ५२ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ३८ मत पाएका छन् ।

त्यस्तै, अर्का अध्यक्षका उम्मेदवार प्रकाश रोकायाले २ मत पाएका छन् । त्यस्तै उपाध्यक्ष पदका उम्मेदवार टेकराज पछाई ४६ मत प्राप्त गरेका छन् भने लालबहादुर महतारा ३३ मत र दानसिंह परिवार ११ मत ल्याएका छन् । त्यस्तै सचिव पदका उम्मेदवार ध्रुवबहादुर शाहीले ६५, रूद्रबहादुर शाहीले २७ मत पाएका छन् । यसैबिच उपसचिव पदमा रवीन्द्रराज शर्माले ३८, रमेश वहादुर शाहीले लिड गर्दै ३१ मत लाइएका छन् भने सोही पदका लागि पद्मा खड्का २३ र मेनका पछाईले १८ मत प्राप्त गरेका छन् ।