माओवादी पदाधिकारी बैठक ४ बजे

काठमाडौ, ८ फागुन । सहमतीय राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएको छ ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।
फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ ।