राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन लियो फिर्ता

काठमाडौं, २२ वैशाख-राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

पुस १० गते रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको गठनबन्धनमा सहभागी भएकोमा आजको बैठकले प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ ।