सोमबार बिहान ११ बजेसम्म प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं, २४ वैशाख-प्रतिनिधिसभाको अर्को बैठक भोलि (सोमबार) बिहान ११ बजेका लागि तय गरिएको छ । आजको बैठकमा कानुन, न्याय संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० पेश गरेका छन् ।

आजको बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन् ।