लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने

दाङ, २६ जेठ । लुम्बिनी प्रदेशमा आज सरकारको नीति तथा कार्यक्रम सार्बजनिक हुदैँछ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्न लागेको हो । जसका लागि प्रदेश सभाको बैठक बिहान ११ बजे बोलाईएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भए पछि सोही अनुसार तयारी गरेको प्रदे संसद सचिवालयले जानकारी दिएको छ ।‘हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित नीति तथा कार्यक्रम ल्याउन लागिएको जनाईएको छ ।