प्रचण्डको पशुपति दर्शनमाथी बाबुरामको टिप्पणीः राजनीतिक प्रेरित

काठमाडौं, २८ चैत । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पशुपति दर्शन माथी प्रश्न उठाएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भटराईले प्रधानमन्त्री प्रचण्डको पशुपति दर्शनलाई राजनीतिक उदेश्यले प्रेरित रहेको टिप्पणी गरेका हुन ।

‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जॉदा प्रश्न उठाउन मिल्दैन, त्यो उसको निजी आस्थाको कुरा हो,’ भट्टराईले प्रचण्डको पशुपति दर्शनको तस्विर राख्दै  लेखेका छन, ‘तर जब पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिक स्थल जान्छ, त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ ।’