आजको तरकारी तथा फलफूलको मूल्यः प्याँज ५० रूपैयाँ

काठमाडौ, ६ असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य १००,भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५०, घिउ सिमी राजमा ६०,कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ४३, नेपाली गोलभेडा ठूलो ३५, भारतीय गोलभेडा ठूलो ३५, टनेल गोलभेडा सानो ८, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ८०, कागती १५० रुपैयाँ,पालूगो साग  रू १००, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ ,लोकल काक्रो १२०, गुन्दुक २५०, अदुवा प्रतिकेजी ३०० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ४०० रुपैयाँ, किवि. ६०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ,रहु माछा. ३१५, ताजा माछा(मुंगरी)  ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप ७०, हरियो धनिया १५०, लोकल लीच्ची १००, खु्र्सानी सुकेको ४५०, लसुन १५०, चाइनिज लसुन २२०, छ्यापी सुकेको १३० मा कारोबार भइरहेको छ ।