आज नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उदघाटन हुदैँ

पोखरा । आज नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उदघाटन हुदैँछ ।दक्षीण एसिया मै पहिलो पटक पोखराको फेवातालमा आज उदघाटन हुन गईरहेको ड्रागन बोट रेस फेस्टिभल दुई दिनसम्म चल्नेछ । सो फेस्टिबल शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्न लागेको हो ।पोखरामा पहिलो पटक भएको अन्तर्राष्ट्रिय उडानको क्रममा सिचुवान एअरलाइन्सको बिमानवाट पोखरा आएका चिनियाँ खेलाडीहरुले आफनो कौशलता प्रदर्शन गर्नेछन् । सो फेस्टिभलमा सहभागी हुन चिनियाँ १ सय २० जनाको टोली बुधबार नेपाल आइसकेकाे छ ।

आयोजकका अनुसार सो प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ गरी आठ ओटा टोली सहभागी हुनेछन भने २०० र ५०० मिटरको प्रतिस्पर्धा हुनेछ ।

पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा हुन गईरहेको उक्त फेस्टिबलमा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसियसन सह आयोजकको रुपमा रहेका छन्।सो प्रतियोगितामा पहिलो हुने टोलीले ५ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।