आईएमई लाइफ इन्स्याेरेन्सको आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीबाट यसरी पर्‍याे आवेदन

काठमाडौ,  १२ असार । आईएमई लाइफ इन्स्याेरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा ३५ करोड ७६ लाख ३६ हजार ९६७ रुपैयाँ बराबरको आवेदन परेको छ ।सीडीएसका अनुसार म‌ंगलबार बिहान १०ः२७ बजेसम्म १८ हजार ५६० जनाले १५ लाख ९ हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.२५ गुणा बढी आवेदन हो ।

आइएमई लाइफले असार १ गतेदेखि प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

रेटिङ एजेन्सी केयर नेपालले आइएमई लाइफ इन्सुरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।