यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं – आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै आज तेजाबी सुनको १ लाख १० हजार ५ सय ५० रुपैयाँ कायम भएकोछ। आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य तोलाको १ हजार ३ सय ७५ रूपैयाँमा कारोवार भएको छ ।