आजको विदेशी मुद्राको विनिमय दर, चाइनिज युआन १८ रुपैयाँ बढी

काठमाडौ, १५ असार । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमरेकिन डलरको खरिद दर १३१ रूपैयाँ ०० पैसा र बिक्री दर १३१ रूपैयाँ ६० पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ०८ पैसा र बिक्री दर १४३ रूपैयाँ ७३ पैसामा काराेबार भइरहेकाे छ ।

हिजो अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०० पैसा र बिक्री दर १३१ रूपैयाँ ६० पैसामा काराेबार भएकाे थियाे भने युरो एकको खरिद दर १४३ रूपैयाँ ५० पैसा र बिक्री दर १४४ रूपैयाँ १६ पैसा कायम गरिएकाे थियाे ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ७९ पैसा र बिक्री दर १६६ रूपैयाँ ५५ पैसामा काराेबार गर्न अनुमति दिएकाे राष्ट्र बैंकले शुक्रवार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ८३ पैसा र बिक्रीमूल्य ८७  रुपैयाँ २२ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५  पैसा ताेकिदिएकाे छ ।

चाइनिज युअान १ काे खरिद दर १८ रूपैयाँ १० पैसा तथा बिक्रिदर १८ रूपैयाँ १९ पैसा कायम गरिएकाे छ भने जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा तथा दक्षिण काेरिया १०० को खरिदमा ९ रूपैयाँ ९६ पैसा र बिक्रीदर  १० रूपैयाँ ० पैसामा किनबेच हुनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसामा काराेबार हुने जनाएकाे  राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१७  रुपैयाँ तथा साउदी रियाल एकको खरिद दर ३४.९३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०९ रुपैयाँ कायम गराएकाे छ ।