प्रधानमन्त्री दाहाल र जनमत पार्टीका अध्यक्ष डा राउतबीच भेट

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष डा सिके राउतबीच भेट भएको छ । जनमत पार्टीका अध्यक्ष डा राउतले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर भेट गर्नुभएको हो ।

गठबन्धनमा रहे पनि केही असन्तुष्टि राख्दै सरकार बाहिरै रहेको जनमत पार्टीलाई प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन आग्रह गर्नुभएको अध्यक्ष राउतले जानकारी दिनुभयो । अध्यक्ष राउतले भन्नुभयो, “प्रधानमन्त्रीले तपाइँहरू सरकारमा आउनुस् म मिलाउँछु भन्नुभएको छ, अब गठबन्धनका सबै दलहरूबीच सहमति बनाउनुपर्छ ।”